Comments Add Comment

महारेजको ह्याट्रिकमा सिटीको शानदार जित

१४ मंसिर, काठमाडौं । रियाद महारेजले ह्याट्रिक गेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा बर्नलीमाथि शानदार जित हात पारेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा सिटीले बर्नलीलाई ५-० ले पराजित गरेको हो ।

सिटीका लागि महारेजले ह्याट्रिक गरे भने बेन्जामिन मेन्डी र फेरान टोरेसले एक-एक गोल गरे ।

खेलको छैटौं मिनेटमै महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२ औं मिनेटमा महारेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

४१औं मिनेटमा मेन्डीले गोल गरेपछि सिटीले पहिलो हाफमै ३-० को अग्रता बनायो । ६६औं मिनेटमा फेरानले सिटीका लागि चौथो गोल गरे । यस्तै ६९औं मिनेटमा महारेजले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे भने सिटीका लागि पाँचौ गोल गरे ।

७५औं मिनेटमा बर्नलीले पेनाल्टीमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।

जितपछि ९ खेलबाट १५ अंक जोडेको सिटी आठौं स्थानमा उक्लेको छ । समान खेलबाट पाँच अंक रहेको बर्नली पुछारबाट तेस्रो अर्थात १८औ स्थानमा छ ।

लिगकै अर्को खेलमा लिड्सले एभरटनलाई १-० ले पराजित गरेको छ । हारपछि उभरटनले तेस्रो स्थानमा उक्लने मौका गुमायो।

१० खेलबाट १६ अंक रहेको एभरटन छैटौं स्थानमा छ । जितपछि १० खेलबाट १४ अंक जोडेको लिड्स ११औं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment