Comments Add Comment

‘आधीपुरुष’मा प्रभाषकी ‘सिता’ बन्दै कृती

चलचित्र ‘साहो’पछि नायक प्रभाष र निर्माता भुषण कुमारले चलचित्र ‘आधीपुरुष’मा एकसाथ सहकार्य गर्दैछन् । यो चलचित्रमा प्रभाष भगवान् रामको भूमिकामा देखिदैछन् । चलचित्रमा रावणको भूमिकामा नायक सैफअली खानले काम गर्ने पक्का भएको छ ।

अब, यो चलचित्रको निर्माणपक्षले नायिकाको रुपमा कृती सेननलाई फाइनल गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार, चलचित्रमा कृतीले सिताको भूमिकामा काम गर्नेछिन् ।

यो चलचित्रलाई ओम राउतले निर्देशन गर्दैछन् । कृतीले साइन गरेको यो छैटौ चलचित्र हो । कृती अहिले चलचित्र ‘हम दो हमारे दो’मा काम गरिरहेकी छिन् । यसपछि उनले ‘बच्चन पाण्डे, भेडिया’ लगायतका चलचित्रमा पनि काम गर्नेछिन् ।

यो चलचित्रको छायांकन उच्च भीएफएक्सको साथमा स्टूडियोमा गरिनेछ । यसका लागि निर्देशकले अवतार र वार चलचित्रको भीएफएक्स टिमसँग छलफल गरिरहेका छन् । यो चलचित्रको रिलिज मिति सन् २०२२ को अगष्ट ११ लाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment