+
+

आन्दोलनरत कर्मचारीले लगाए वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा ताला

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १४:५२

१४ मंसिर, काठमाडौं । ४२ दिनसम्म आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै वीर अस्पतालका आन्दोलनरत कर्मचारीहरुले अस्पताल पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् ।

कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि पधाधिकारीको बाटो छेक्ने काम गरेका थिए । ४२ दिनदेखि हरेक दिन दैनिक १ घण्टा आन्दोलन गर्दा मागको बारेमा सुनुवाई नभएपछि अस्पताल पधाधिकारी, लेखा र खरीद इकाइ कक्षमा ताला लगाइएको आन्दोलनमा सहभागी तथा नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए । वीर अस्पतालमा आन्दोलन चलिरहेपनि अस्पतालको सेवा भने रोकिएको छैन ।

‘हामी यहाँ आन्दोलन गर्दा अस्पतालका कर्मचारीहरु बाहिर होटलमा गएर कागजी काम गर्ने भएकाले बाध्य भएर ताला लगाएका हौ,’ आचार्यले भने, ‘तर, सेवा अवरुद्ध गरेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?