Comments Add Comment

स्वयम्भु बचाऔं अभियानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

१४ मंसिर, काठमाडौं । स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियानले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सडक विभागले कलंकी–चाबहिल सडक विस्तारको क्रममा विश्वसम्पदामा सूचिकृत संरचना भत्काउन लागेको भन्दै अभियानले दीप प्रज्वलन, मौन र्‍याली, हस्ताक्षर संकलन लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।

‘विश्वसम्पदामा सूचीकृत स्ययम्भु क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सीमा स्तम्भ, त्यसभित्र रहेको हातले घुमाउने माने र साङ्गे तोङ्कु (हजार मुर्ति सहितको स्तुपा) समेत भत्काउन गइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ अभियानका अध्यक्ष आचार्य नोर्बु शेर्पाले भने ।

अभियानले २० मंसिरमा स्वयम्भु, बौद्ध र लुम्बिनीमा दीप प्रज्वलन र २७ मंसिरमा स्वयम्भु परिसरमा शान्तिपूर्ण मौन र्‍याली गर्ने भएको छ । प्रधानमन्त्री, संस्कृति मन्त्री, भौतिक पूर्वाधार मन्त्री, सडक विभाग, काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, युनेस्को लगायतलाई ज्ञापनपत्र बुझाउने र मंसिर महिनाभरी हस्ताक्षर अभियान सञ्चालन गर्न लागेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

५ मंसिरमा स्वयम्भुस्थित मनाङ समाज सेवाको गुम्बामा बसेको विभिन्न धार्मिक, सांस्कृतिक, सामाजिक संघसंस्था, गोन्पा, गुठीको भेलाले स्वयम्भु विश्वसम्पदा क्षेत्र बचाऔं अभियान’ गठन गरेको थियो ।

अभियानद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ, ‘त्यसक्षेत्र भित्र रहेका हातेमणि र हजार बुद्ध सहितको ७५ फिटको अग्लो विशाल नमुना बौधिचैत्य सहितको पर्खाल समेत भत्काउने धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण विरोधी कदम अविलम्ब रोक्न सरकार र सम्बन्धित निकायलाई विशेष आग्रह गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment