+
+

राष्ट्रिय क्रिकेट न्युट्रिसनिस्टमा मल्ल

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १४ गते १८:४९

१४ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा न्युट्रिसनिस्ट पनि नियुक्त गरेको छ । न्युट्रिसनिस्ट ज्ञानेन्द्र मल्लाई क्यानले क्रिकेट टिमको लागि न्युट्रिसनिस्टको रुपमा नियुक्त गरेको आइतबार जनाएको छ ।

मंसिर ११ देखि सुरु भएको बन्द प्रशिक्षण कीर्तिपुरस्थित टीयू मैदानमा सञ्चालन भइरहेको छ । क्रिकेट टिमलाई जगत टमाटाले प्रशिक्षण दिइरहेका छन् । क्यानले आइतबार बिहानमात्रै मनोज कटुवाललाई सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।

राष्ट्रिय टिमको फिजियो र व्यवस्थापकको भूमिकामा बिक्रम न्यौपाने छन् भने बन्द प्रशिक्षणका लागि भारतीय आशय हतकरलाई फिटनेस ट्रेनरको रुपमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?