Comments Add Comment

ओसासुनामाथि बार्सिलोनाको सहज जित

काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले ओसासुनामाथि सहज जित हात पारेको छ । आइतबार घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० ले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेइट, एन्टोन ग्रीजमन, फिलिप काउटिन्हो र लिओनल मेस्सीले एकएक गोल गरे ।

खेलको २९औं मिनेटमा ब्रेथवेइटेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४२औं मिनेटमा ग्रीजमनले शानदार गोल गर्दै पहिलो हाफमा बार्सिलोनाको अग्रता दोब्बर पारे ।
५७औं मिनेटमा काउटिन्होले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर पारे ।७३औं मिनेटमा कप्तान मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए । मेसीले अर्जेन्टाइन लेजेण्ड डिएगो अर्मान्डो म्याराडोनाको निधनपछि पहिलो गोल गरेका हुन् ।

उनले गोलपछि म्याराडोना र मेसी दुवैले खेलेका अर्जेन्टाइन क्लब नेवेल्स ओल्ड ब्वाइजको जर्सी देखाउँदै म्याराडोनाप्रति गोल समर्पित गरेका थिए ।

जितपछि ९ खेलबाट १४ अंङ्क जोडेको बार्सिलोना सातौं स्थानमा उक्लेको छ । ओसासुना १० खेलबाट ११अकसहित १५औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment