१५ मंसिर, काठमाडौं । नेपालका भलिबल रेफ्री कुल बहादुर राना भलिबलको अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता दिएको हो ।
एफआईभीबीले नेपाल भलिबल संघलाई एक पत्र पठाउँदै रानालाई अन्तर्राष्ट्रिय रेफ्री प्रदान गरिएको जनाएको छ । संघको अध्यक्ष मनोरन्जन रमनलाई लेखेको पत्रमा उनको सर्टिफिकेट पछि पठाउने जनाएको छ ।
नोभेम्बरमा बसेको बोर्ड बैठकले रानालाई अन्तर्राष्ट्रिय रेफ्रीको मान्यता प्रदान गर्ने निर्णय गरेको एफआईभीबीले जनाएको छ ।
रानाले सन् २०१४ मा जापानमा भएको एफआईभीबी अन्तर्राष्ट्रिय रेफ्री क्यान्डीडेट कोर्ष गरेका थिए ।
प्रतिक्रिया 4