+
+
Shares

ठोरी अस्पतालको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १३:३३

१५ मंसिर, ठोरी । पर्साको ठोरी गाउँपालिका–२ मा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । गौतमनगरस्थित ठोरी स्वास्थ्य चौकी परिसरमा सोमबार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ठोरी अस्पतालको शिलान्यास गरेका हुन् ।

पर्साको सुदूरपश्चिममा रहेको यस गाउँपालिकामा अस्पताल नहुँदा उपचारका लागि सर्वसाधरणहरु जिल्ला सदरमुकाम वीरगञ्ज, चितवनको भरतपुरका साथै भारतमा जानुपर्ने बाध्यता थियो ।

अस्पतालको शिलान्यास गर्दै अध्यक्ष श्रेष्ठले बहुवर्षीय योजनामा निर्माण हुन लागेको यस अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।

ठोरी अस्पताल सञ्चालनमा आएपछि ठोरीको पूर्वी भेग, चितवन र भारतीय जनताले समेत स्वास्थ्य उपचार पाउने छन् ।

ठोरी २ का वडाध्यक्ष किशोर तामाङले ठोरी गाउँपालिकाको प्रथम गाउँसभाले निर्णय गरे बमोजिम आफ्नो वडामा १५ शैय्याको अस्पताल निर्माण कार्य अघि बढेकामा खुसी व्यक्त गरे । अस्पताल बनेपछि उपचारका लागि बाहिर जानुपर्ने प्रथाको अन्त्य हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?