Comments Add Comment

सालकको खपेटासहित २ जना पक्राउ

१५ मंसिर, काठमाडौं । काठमाडौंको मैतिदेवीबाट सालकको खपेटासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी नगरपालिका–४ का ३२ वर्षीय राम मिजार र सोही ठाउँका २७ वर्षीय नवराज मिजार रहेका छन् ।

गोप्य सूचनाको आधारमा सोमबार दिउँसो काठमाडौं महानगरपालिका–२९ स्थित मैतिदेवी पेट्रोल पम्प नजिकै गुडिरहेको बा.अ २ ज ६५७ नम्बरको भाडाको ट्याक्सी खानतलासी गर्दा सालकको खपेटासहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चेकजाँचको क्रममा नवराज मिजारले बोकेको झोलाभित्र पलाष्टिकमा लुकाएर राखेको अवस्थामा करिब ०४.४५ ग्रामको सालकको खपेटा बरामद भएको हो ।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment