
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लुम्बिनी शाखा मार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा “पर्यटक प्रतिक्षालय“ को ब्यबस्था गरेको छ।
देश तथा विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकहरुलाइ लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त प्रतिक्षालय निर्माण गरेको हो।
बैंकका लुम्बिनी प्रदेश प्रमुख उज्ज्वल पाण्डेले उक्त प्रतिक्षालय लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र मणि शाक्य र परियोजना प्रबन्धक सरोज भट्टराईलाई हस्तान्तरण गरेका हुन्।
बंैकले १६० वटा शाखाहरु १३३ शाखा रहित बैकिङ्ग सेवा तथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा २९३ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधाप्रदान गरीरहेको छ।
साथै, बंैकको देशभर २०० वटा एटीएमहरु सञ्चालनमा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4