१६ मंसिर, काठमाडौं । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । सोमबार ९० हजार रुपैयाँमा करोबार भएको छापावाल सुनको भाउ मंगलबार ९० हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्यपनि सोमबारको तुलनामा प्रतितोला ३५ रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
संघले तेजाबी सुनको मूल्य भने ९० हजार ५० रुपैयाँ तोकेको छ । अघिल्लो साता तोलामा तीन हजार रुपैयाँले सुनको मूल्य घटेको थियो ।
आइतबार र सोमबार पनि निरन्तर घटेको सुनको मूल्य मंगलबार भने बढेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4