Comments Add Comment

च्याम्पियन्स लिगमा रियल मड्रिड साख्तरसँग २-० ले पराजित

१७ मंसिर, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युक्रेनी क्लबसँग २-० ले पराजित भएको छ । समूह बी मा रियल दोस्रो पटक साख्तरसँग पराजित भएको हो । यसअघि घरेलु मैदानमै रियल साख्तरसँग ३-२ ले पराजित भएको थियो ।

साख्तरले घरेलु मेदानमा रियलमाथि २-० को शानदार जित हासिल गर्दै समूह बी बाट नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । हारपछि रियललाई भने कठिन भएको छ । घरेलु मैदानमा साख्तरले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

डेन्टिन्होले ५७औं र मानोर सोलोमनले ८२औं मिनेटमा गोल गरेका थिए ।

जितपछि साख्तर ५ खेलबाट ७ अंक जोड्दै समह्यू बी को शीर्ष स्थानमा उक्लेको छ । समान अंङ्क भएपनि हेड टु हेडमा रियल पछि रहँदै तेस्रो स्थानमा छ ।

यसै समूहको अको खेलमा इन्टसँग ३-२ ले पराजित भएपछि जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकले अन्तिम १६ मा पुग्न कुर्नुपर्ने भएको छ ।

इन्टरलाई हराएको भए मोन्चेनग्लाडबाक एक खेलअघि नै अन्तिम १६ मा पुग्ने थियो । हारपछि पनि ५ खेलबाट ८ अंकसहित मोन्चेनग्लाडबाक शीर्ष स्थानमा छ । पहिलो जितपछि ५ अंक जोडेको यन्टर चौथो स्थानमा छ ।

यस समूहबाट अन्तिम १६ मा पुग्ने होड अझै खुल्ला छ । अन्तिम खेलमा मोन्चेन्गलाडबाकले रियल मड्रिड तथा साख्तरले इन्टरसँग खेल्नेछ ।

दुवै खेलमा जित हात पार्ने टोली सिधै अन्तिम १६ मा पुग्नेछ । अरु नतिजा आएमा भने समीकरण फेरबदल हुन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment