+
+

पाँचथरमा गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु, २ जना गम्भीर

रासस रासस
२०७७ मंसिर १७ गते १०:०२

१७ मङ्सिर, फिदिम । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका-१ स्थित सडक विभाग छेउमा मंगलबार राति भएको सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका-१ का पर्वत गुरुङ र झापा गरामुनि-१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा१९च ५७३६ नंको डबल क्याप पिकअप गाडी फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?