
नायक आर्यन सिग्देल नयाँ चलचित्र ‘डिसेम्बर फल्स’मा काम गर्दैछन् । यो चलचित्रको छायांकन माघबाट सुरु हुने बताइएको छ । यो चलचित्रका लागि निर्माणपक्षले केही समयदेखि नायिकाको खोजी गरिरहेको थियो । चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीलाई फाइनल गरिएको निर्माणपक्षले बताएको छ । उपासनाले गतबर्ष रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’पछि अध्ययनका लागि भन्दै ब्रेक लिएकी थिइन् ।
उनै, उपासनाले कथावस्तु मन परेपछि चलचित्रमा काम गर्ने पक्का गरेकी हुन् । ‘क्याप्टेन र कबड्डी ३’मा काम गरेपछि चर्चामा आएकी उपासना र आर्यनको जोडी पहिलो पटक पर्दामा देखिन लागेको हो ।
रामप्रसाद रिजालको प्रस्तुतिमा तयार हुने चलचित्रमा आर्यन सिग्देल, सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल लगायतका कलाकार पक्का भैसकेका थिए ।
लक्ष्मण रिजाल कार्यकारी निर्माता रहने चलचित्रलाई प्रवीण झाले निर्देशन गर्दैछन् । चलचित्रमा रबि नायडुको छायांकन रहनेछ ।
बीपी खनालको कथा रहेको चलचित्रमा पटकथा र संवाद केदार भुसालको छ । राजकुमार भट्टको लगानी रहने चलचित्रलाई आउँदो बर्षको साउन १ गतेबाट रिलिज गर्ने निर्माणपक्षले बताइसकेको छ ।
उमेर अन्तरका यूवा–यूवतीको प्रेम चलचित्रमा देखाइनेछ । यसैले पनि निर्माणपक्षले आर्यन भन्दा केही कान्छी नायिकाको खोजी गरिरहेको थियो ।
प्रतिक्रिया 4