Comments Add Comment

शिवसेनामा प्रवेश गरेपछि उर्मिला भन्छिन्–‘कंगनालाई अनावश्यक महत्व दिइयो’

नायिका उर्मिला मातोण्डकर शिवसेना पार्टीमा प्रवेश गरेकी छिन् । गतबर्ष कांग्रेस पार्टी छाडेकी उर्मिलाले शिवसेना पार्टीमा प्रवेश गरेसँगै नायिका कंगना रनावतको बिषयमा बयान दिएकी छिन् । उनले, कंगनालाई अनावश्यक महत्व दिइएको पनि बताएकी छिन् ।

बीजेपी र शिवसेनाको विचमा वाकयुद्ध चलिरहेको समयमा कंगनाले मुम्बइलाई पाकिस्तानको प्रशासित कश्मिरसँग तुलना गरेकी थिइन् । उर्मिलाले भनिन्–‘मलाई यस अगाडि पनि कंगनाको बिषयमा नै धेरै प्रश्न गरिएको छ । मलाई लाग्छ कि कंगनालाई अनावश्यक महत्व दिइएको छ । मलाई लाग्दैन कि उनलाई यति ठूलो स्थान दिन आवश्यक छ ।’

उर्मिलाका अनुसार, उनको नाम विधान परिषदको सदस्यका लागि पनि सिफारिश गरिएको छ । ४७ सालकी उर्मिला ५ महिना मात्र कांग्रेस पार्टीमा रहेकी थिइन् । उनले कांग्रेसको टिकट पाएर मुम्बइबाट लोकसभाबाट चुनाव लडेकी थिइन् । शिवसेना पार्टीमा प्रवेश गर्नुको कारणबारे उनले भनिन्–‘म शिवसेनाका अध्यक्ष उद्धव ठाकरेको नेतृत्व र उनको कामबाट प्रभावित छु । पार्टीमा प्रवेश गर्नु अगाडि मलाई उद्धव ठाकरेले फोन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment