Comments Add Comment

आदित्य र श्वेता बैबाहिक जीवनमा बाँधिए

बलिउडका सफल पाश्र्व गायक उदितनारायण झाका छोरा आदित्य नारायण झा वैवाहिक जीवनमा बाँधिएका छन् । गायक, कार्यक्रम संचालक आदित्यले मंगलबार प्रेमिका श्वेता अग्रवालसँग बिहे गरेका हुन् ।

मुम्बइको जुहुस्थित इस्कान मन्दिरमा आदित्य र श्वेताले बिहे गरेका हुन् । आदित्यको घरबाट बेहुला अन्माउँदै गर्दा गायक उदितनारायण झा, गायिका दीपा नारायण झा लगायतले नृत्य गरेका थिए । कोभिडका कारण आदित्यको बिहेमा निकै कम मानिसहरु मात्र उपस्थित थिए । बिहेमा ५० जना आफन्त र नजिकका साथीहरुलाई मात्र निमन्त्रणा गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आदित्य र श्वेता विगत १० बर्षदेखि प्रेम सम्बन्धमा थिए । एक चलचित्रमा एकसाथ काम गरेपछि उनीहरु नजिक भएका हुन् । आदित्यको बिहेको पार्टी आज आयोजना गरिएको छ । तर, बिहे पार्टीमा पनि निकै कम मानिसहरुलाई मात्र बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment