+
+
Shares

बेलायतद्वारा फाइजरको कोरोना खोप सार्वजनिक प्रयोगको लागि अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १५:२३

१७ मंसिर, काठमाडौं । बेलायत अमेरिकी कम्पनी फाइजरले जर्मन खोप निर्माता बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सार्वजनिक प्रयोगको लागि अनुमति दिएको छ । यससँगै बेलायत फाइजरको खोपलाई सार्वजनिक प्रयोगका लागि अनुमति दिने पहिलो मुलुक बनेको छ । यससँगै आगामी साताको सुरुआतदेखि नै यो खोप सार्वजनिक प्रयोग सुरु हुनेछ ।

कोरोनाको महामारी सुरु भएको करिब एक वर्षपछि पहिलोपटक बेलायतले कुनै खोप सार्वजनिक प्रयोगको लागि अनुमति दिएको थियो । यसअघि फाइजरले अमेरिका र बेलायतमा आफ्नो खोपको सार्वजनिक प्रयोगको लागि दिएको थियो । अझैसम्म अमेरिकाले भने फाइजरको खोपलाई सार्वजनिक प्रयोगको अनुमति भने दिएको छैन । अमेरिकी नियामकले आगामी साता फाइजरको खोपलाई सार्वजनिकरुपमा प्रयोगको अनुमति दिने अपेक्षा गरिएको छ ।

फाइजरको खोप भण्डारणको लागि माइनस ७० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । धेरै मुलुकहरुको लागि यो तापक्रममा खोप भण्डारण गर्नु निकै चुनौती हुने विश्लेषकहरुले बताएका छन् । बेलायतमा अक्सफोर्ड युनिभर्सिटी र मोडेर्नाले पनि आफ्नो कोरोना खोपको सार्वजनिक प्रयोगको लागि अनुमति दिन आवेदन दिएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?