Comments Add Comment

सन्दीप लामिछाने कोरोना संक्रमणमुक्त

१७ मंसिर, काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

उनले आफू १० दिन आइसोलेसन बसेपछि कोरोना संक्रमणमुक्त भएको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।

उनले आफ्नो सुस्वास्थ्यका लागि कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले आफू मैदान फर्केर टिमको लागि राम्रो खेल्न आतुर रहेको पनि उल्लेख गरेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको यही मंसिर ११ गतेदेखि त्रिवि क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट संघ क्यानले मंसिर ९ गते गराएको पिसिआर परिक्षणमा पनि सन्दीप उपस्थित थिएनन् ।

कोरोनामुक्त भएसंगै अब सन्दीप बन्द प्रशिक्षणमा समावेश हुने सम्भावना छ ।

डिसेम्बर १० देखि अष्ट्रेलियामा सुरु हुने बिग बास लिग (बीबीएल) खेल्न जानुअघि सन्दीपले एक साता जति राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुन सक्ने यसअघि उनका व्यवस्थापक रमन शिवाकोटीले जनाएका थिए ।

यसअघि लगातार दुई सिजन मेलवर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीप यस सिजन नयाँ टिम होबार्ट हुरिकेन्सबाट खेल्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment