+
+

प्रधानमन्त्रीलाई देउवाको फोन : रामचन्द्र पौडेललाई किन पक्राउ गरेको ?

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १७:५०

१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको धरपकडलाई लिएर प्रधानमन्त्रीलाई फोन गरेका छन् ।

तनुहँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेलसहितका नेताहरुलाई पक्राउ गरेको थियो ।

पुल उद्घाटनबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । तर पौडेल, निषेधाज्ञा नमान्ने भन्दै जुलस लिएर पुल उद्घाटन गर्न हिँडेपछि प्रहरीले धरपकड गरेको थियो ।

देउवाले प्रधानमन्त्रीलाई फोन गरी नेता पौडेललाई किन पक्राउ गरेको भनेर प्रश्न गरेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्न समेत माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्रीले नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले सुरक्षित स्थलमा लगेको तर्क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?