+
+

चीनको चाङ ई–५ यानले पठायो चन्द्रमाको रंगीन तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १३:१३
Photo Credit : CNSA/CLEP

१८ मंसिर, काठमाडौं । चीनले चन्द्रमामा पठाएको चाङ ई–५ले चन्द्रमाको सतहको पहिलो रंगीन तस्वीर पठाएको छ । चीनको यो मून ल्यान्डरले चन्द्रमाको सतहमा टेकेदेखिको क्षितिजसम्मको तस्वीर पठाएको छ । चन्द्रमाबाट माटो र ढुङ्गाको नमुना संकलन गरी पृथ्वीमा ल्याउन पठाइएको अन्तरिक्षयानले मंगलबार चन्द्रमाको सतहमा अवतरण गरेको थियो ।

चन्द्रमाको सतहमा अवतरण गरेसँगै यो अन्तरिक्षयानले सतहको नमुना संकलनको काम सुरु गरेको छ । यसरी संकलन गरिएको नमुनालाई रिटर्न मोड्युलसम्म पुर्‍याउने काम बिहीबारदेखि सुरु हुनेछ । योजना अनुसार उक्त रिटर्न मोड्युलले मंगोलियाको सिजिवाङको घाँसे मैदानमा ल्याण्ड गर्नेछ ।

चन्द्रमाको सतहको नमुना पृथ्वीमा ल्याउन सफल भए अमेरिका र रुसपछि उक्त नमुना ल्याउने चीन तेस्रो मुलुक बन्नेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?