Comments Add Comment

मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५ प्रतिशत कायम

१८ म्रसिर, काठमाडौं । मुद्दति निक्षेप र बचत निक्षेपबीचको ब्याजदर अन्तर ५ प्रतिशत कायम हुने भएको छ । । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले मुद्दति र बचतबीचको ब्याजदर अन्तर ५ प्रतिशत तोकेको हो ।

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) पर्याप्त छ । अधिक तरलता भएपछि बैंकहरुले निक्षेपको ब्याजदर धेरै नै घटाएका छन् ।

निक्षेपको ब्याजदर नियन्त्रण गर्नका लागि केन्द्रीय बैंकले ब्याजदर अन्तरमा ५ प्रतिशतको अंकुश लगाएको हो । ंब्याजदर सम्बन्धी अन्य व्यवस्था भने पुरानै कायम गरिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment