
१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलामी स्थगित गरिदिएको छ ।
कोरोना महामारीको असरका कारण किस्ता तिर्न नसकेका ऋणीको पनि बैंकहरुले धितो लिलाली गरिदिएको गुनासो आएपछि राष्ट्र बैंकले ६ महिना भन्दा बढी समय ब्याज भुक्तानी बक्यौता नराखेका ऋणीको धितो लिलामी नगर्न भनेको हो ।
चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडले असर परेका ऋणीलाई अप्ठेरो नपरोस भनेर यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4