Comments Add Comment

नोबेलमा विद्यार्थीसँग मनपरि जरिमाना असुली

१९ मंसिर, विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजले विद्यार्थीसँग मनपरी जरिमाना असुल गरेको छ । कोरोना महामारीका कारण समयमा नै शुल्क बुझाउन नसकेका ‘डिम्पलोमा इन फार्मेशी’र ल्याब टेक्निसियन विषय अध्ययनरत विद्यार्थीबाट मनपरीरुपमा जरिमाना असुल गरेको हो ।

डिम्पोलामा इन फार्मेसीको तीन वर्षको कोर्ष पूरा गरेको शुल्क नोबेलले तीन लाख ३७ हजार रुपैयाँ तोकेको छ । तर कोरोना महामारीका कारण समयमा नै पैसा बुझाउन नपाएका विद्यार्थीसँग १ लाख २० हजारसम्म जरिमाना तिर्न ताकेता गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

नोबेलले बनाएको मापदण्डअनुसार विद्यार्थी भर्ना हुँदा १ लाख २० हजार रुपैयाँ र ३/३ महिनामा विद्यार्थीले २० हजार २ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । तर परीक्षा र्फम भर्न पुगेका विद्यार्थीसँग १ लाख २० हजार रुपैयाँसम्म जरिमाना तिर्नुपर्ने बताएको एक विद्यार्थीले बताए ।

जरिमाना रकम नुबझाए ब्याक परीक्षाबाट बञ्चित गराइदिने धम्की पनि दिँदै आएको ती विद्यार्थीको भनाइ छ ।

फार्मेसीका विद्यार्थीसँग जस्तै ल्याब टेक्निसियन पढ्ने विद्यार्थीसँग समेत चर्काे जरिमाना शुल्क उठाउन थालेको विराटनगरका युवा योगराज आशिष दाहालले बताए ।

यता नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले कलेजले तोकिएको भन्दा बढी जरिमाना नलिएको बताएका छन् । भर्नाको समयमा विद्यार्थीसँग गरिएको सम्झौता अनुसार नै जरिमाना तोकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment