+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

मानवसेवा आश्रमका ११ सय आश्रितलाई वर्ल्डलिंकको न्यानो कपडा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १६:३९

१९ मंसिर, काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसनले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यानो कपडा उपलब्ध गराएको छ।

बिहीबार वर्ल्डलिंक कम्युनिकेसनका निर्देशकद्वय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मूल्यबराबरको न्यानो कपडा वितरण गरेको जनाएको छ।

यी कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रीमा तयार गरिएका हुन्। हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाइस्पिड इन्टरनेट निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ।

मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पूर्ण खर्च (दश लाखं) समेत उपलब्ध गराएको थियो।

मानवसेवा आश्रम २०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनि कष्टपुर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखी सहयोगापेक्षी सडकमानवहरुको मानवोचित व्यवस्थापनको लागि देशव्यापीरुपमा सेवा सञ्चालन गरिँदै आएको छ।

नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?