+
+
Shares

३५ हजार घुसहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १९ गते १७:२२

१९ मंसिर, बुटवल । सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ हजार घुससहित कपिलवस्तुमा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट, कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङ घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले कृष्णनगर नगरपालिका वडा नं.२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई घुस रकम लिइरहेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिएको हो ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?