Comments Add Comment

अनमोल र उपासनाको ‘क्याप्टेन’ युटुबमा

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज गरिएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो । यो चलचित्र करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो । हलमा औषत व्यापार गरेको यो चलचित्रले युटुबमा राम्रो दर्शक पाइरहेको छ । सार्वजनिक भएको ४ घन्टामा १ लाख भन्दा बढी भ्यूज पाएको चलचित्रलाई दर्शकले रुचाएका छन् ।

भूवन केसीको लगानीमा तयार भएको यो चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा अनमोल केसी, उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।

फुटबलको कथालाई उठान गरेको यो चलचित्रमा नायक अनमोल केसी फुटबलरको भूमिकामा देखिएका छन् । यही चलचित्रबाट नायिका उपासना सिंह ठकुरी चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । केही साता अगाडि नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ पनि युटुबमा रिलिज भएको थियो । यो चलचित्रले युटुबमा नयाँ रेकर्ड राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment