+
+

कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २० गते १५:४७

२० मंसिर, कैलाली । कैलालीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कञ्चनपुर कृष्णपुर नगरपालिका-२ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

मंसिर १४ गते गम्भीर प्रकारको निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा रेफर गरिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गराइरहेका व्यक्तिको शनिवार दिउँसो मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

योसँगै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ ।
‘अहिले २ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने थप २ जना आइसियुमा छन्,’ उनले भने, ‘५ जनाको अक्सिजन सपोर्टमा उपचार भइरहेको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?