Comments Add Comment

पहिलो टेष्टमा न्यूजिल्याण्ड एक इनिङ्स र १३४ रनले विजयी

२१ मंसिर, काठमाडौं । घरेलु टोली न्यूजिल्याण्डले वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट एक इनिङ्स र १३४ रन अन्तरले जितेको छ ।

फलो अनमा परेको वेष्ट इन्डिजले इनिङ्स अन्तरको हार जोगाउन दोस्रो इनिङ्समा ३८१ रन भन्दा बढी बनाउनुपर्ने थियो । तर वेष्ट इन्डिजले दोस्रो इनिङ्समा २४७ रन मात्र बनाउन सकेपछि फराकिलो हार व्यहोरेको हो ।

ह्यामिल्टनमा भएको खेलमा न्यूजिल्याण्डले कप्तान केन विलियम्सनको दोहोरो शतक मद्दतमा न्यूजिल्याण्डले पहिलो इनिङ्समा ७ विकेट गुमाएर ५१९ रन बनाइ डिक्लेयर गरेको थियो ।

पहिलो इनिङ्समा वेष्ट इन्डिज १३८ रनमै अलआउट भएपछि फलो अनमा पर्दै दोस्रो इनिङ्सको ब्याटिङ सुरु गरेको थियो ।

वेष्ट इन्डिजले १९६-६ बाट चौथो दिनको खेल सुरुवात गरेको थियो । तर थप ५१ रन जोड्दा बाँकी ४ विकेट गुमायो । ८९ रनमै ६ विकेट गुमाएको वेष्ट इन्डिजका लागि जर्मेन ब्ल्याकउड र अल्जारी जोसेफले इनिङ्स सम्हालिरहेका थिए ।

ब्ल्याकउड ८० र जोसेफ ५९ले चौथो दिनको खेल अघि बढाएका थिए । ब्ल्याकउडले शतक पूरा गरे । उनले १४१ बल खेल्दै ११ चौका र २ छक्का मद्दतमा १०४ रन बनाए । यस्तै जोसफले ८६ रन जोडे । १२५ बल खेलेका जोसेफले ९ चौका र ३ छक्का प्रहार गरे ।

न्यूजिल्याण्डका लागि निल वाग्नरले सर्वाधिक ४ विकेट लिए । यस्तै केल जमिसनले २ विकेट लिए ।

इनिङ्स अन्तरको जितमा वेष्ट इन्डिजविरुद्ध न्यूजिल्याण्डको यो ठूलो जित हो भने समग्रमा पाँचौ ठूलो जित हो । न्यूजिल्याण्डले २०१२ मा जिम्बावेलाई एक इनिङ्स र ३०१ रनले पराजित गरेको थियो ।

पहिलो इनिङ्समा २४१ रन बनाएका न्यूजिल्याण्डका कप्तान विलियम्सन खेलको म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment