Comments Add Comment

नेकपा स्थायी कमिटी बैठक बस्दै

२१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का अलग–अलग प्रस्ताव पेश हुने कार्यसूची छ ।

शनिबारको सचिवालय बैठकमा सहमति नजुटेपछि ती प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय भएको थियो । स्थायी कमिटीको बैठकबाट पार्टीभित्र हाल देखिएको विवाद निरुपण हुने नेताहरुको विश्वास छ ।

गत भदौ २६ गते सम्पन्न ८२ दिन लामो नेकपा स्थायी कमिटीको बैठकले पार्टीभित्रको विवाद मिलाएको थियो । तर, विवाद मिलेको भनिएको ८६ दिनपछि पुनः आइतबार नयाँ विवादित एजेण्डाबारे छलफल गर्न बस्न लागेको स्थायी कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ ।

पहिलो दिनको स्थायी कमिटीको बैठकमा सदस्यहरुलाई ओली र प्रचण्डका प्रस्ताव वितरण गर्ने र केही दिनका लागि पढ्न समय दिने सचिवालयका नेताहरुको तयारी छ । यसअनुसार स्थायी कमिटी बैठक केही दिन लम्बिने देखिएको छ ।

यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउन्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका थिए ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले अध्यक्षका दुवै प्रस्ताव फिर्ता लिने र साझा प्रस्ताव तयार पार्न उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा एक कार्यदल बनाउने प्रस्तावसमेत शनिबारको सचिवालय बैठकमा गरेका थिए । तर त्यो प्रस्ताव पनि बैठकले अस्वीकार गरेको थियो । त्यसपछि सचिवालयले दुवै प्रस्ताव स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली आइतबार स्थायी कमिटीको बैठक बस्न अनिच्छुक थिए । एजेण्डा र तयारी केही पनि नभएको भन्दै उनले बैठक १५ दिन पछि सार्न प्रस्ताव गरेका थिए । तर अन्य नेताहरुले त्यसलाई अस्वीकार गर्दै पूर्वनिर्धारित मिति र स्थानमै स्थायी कमिटी बैठक बस्नुपर्ने अडान राखेका थिए ।

यो पनि पढ्नुहोस सचिवालयमा ओलीको अडान : दुबै पद छाड्दिनँ, जे मन लाग्छ गर्नू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment