Comments Add Comment

‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिइन् ज्योती मगर

गायिका ज्योती मगर हिमालय टेलिभिजनबाट प्रशारण भैरहेको लोकप्रिय रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’बाट बाहिरिएकी छिन् । उनी, शोको सेमिफाइनलको नजिक पुगेर बाहिरिएकी हुन् ।

ज्योतीले यो शोमा विभिन्न शैलकिा नृत्य प्रस्तुत गरिन् । दर्शकमाझ हट गायिकाको रुपमा चिनिएकी ज्योतीले आफ्नो शैलीलाई परिवर्तन गर्ने कोशिश यो शोमा गरेकी थिइन् । यसैले पनि उनी अन्तिम पाँचसम्म आइपुगिन् ।

ज्योती मगर बाहिरिएपछि अब यो शोको सेमिफाइनलमा ४ टिम पुगेका छन् । सुमी मोक्तान, वुद्ध लामा, उमेश राई र प्रियना आचार्य शोको अन्तिम ४ मा पुगेका छन् ।

हिमालय टेलिभिनजबाट प्रशारण हुँदै आएको यो शोलाई दर्शकले उल्लेख्य साथ दिइरहेका छन् । स्टारहरुको नृत्य प्रस्तुत हुने शो भएकाले पनि दर्शकको माया शोले पाइरहेको छ ।

शोबाट बाहिरिएपछि ज्योतीले भनिन्–‘दर्शक श्रोताकै मायाले म यहाँ आइपुगेको हुँ । मलाई यो शोमा सुरुवातमा आउन मन थिएनँ । तर, यहाँ आएपछि मलाई नआएको भए ठूलो गल्ती हुने रहेछ भन्ने लागेको छ ।’

शोमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई निर्णायकको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment