
२१ मंसिर, काठमाडौं । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका अनुसार सैनामैना नगरपालिका-१ की ५५ वर्षीया महिलाको उपचारको क्रममा आइतबार बिहान ४:१५ बजे मृत्यु भएको हो ।
उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई मंसिर ११ गते अस्पतालमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4