+
+
Shares

सडक जाम र दुर्घटना न्यूनीकरण मेरो प्राथमिकता : ट्राफिक प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २१ गते १९:३२

२१ मंसिर, काठमाडौं । महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका नयाँ प्रमुख जनक भट्टराईले सडक जाम र सवारी दुर्घटनालाई न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापनको मुख्य चुनौति भनेकै जाम र दुर्घटना भएकाले त्यसमै केन्द्रीत रहेर काम गर्ने भट्टराईले बताएका हुन् ।

‘मैले यो काम गर्छु, त्यसले जाम घटाउँछ वा अन्त्य गर्छ भनेर अहिले भन्दिनँ’, उनले भने, ‘ट्राफिक नियमको पूर्णपालना र पूर्वाधारको कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै पनि धेरै सहज हुन्छ भन्ने लाग्छ, त्यही अनुसार काम गर्छौं ।’

अन्डरपास र लेन डिजाइन जस्ता विषयका कारण पनि दुर्घटना बढेको बताउँदै यातायात व्यवस्थापन विभागसँग समन्वय गरेर काम गरिने उनले बताए । उनका अनुसार जाम र दुर्घटना ट्राफिक नियमको पालनासँग जोडिने विषय समेत हुन् ।

‘एउटा व्यक्तिले ५ मिनेटसम्म जथाभावी गाडी रोकिदियो भने ठूलो जाम लाग्छ, त्यसैले जाम नियन्त्रणमा ट्राफिक नियमको पालनाले पनि भूमिका खेल्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसैले पिक एण्ड ड्रपको नियम, जथाभावी सवारीसाधन मोड्ने जस्ता विषयलाई पूर्णतः निषेध गर्छौं ।’

भट्टराईले ट्राफिक नियम उल्लंघन गर्नेविरुद्धको कारबाहीलाई पनि तीब्रता दिइने बताएका छन् । त्यही नीति अनुरुप ट्राफिक लाइटलाई वेवास्ता गर्नेलाई कारबाही र चेतनामुलक कक्षा दिन थालिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?