Comments Add Comment

लिग लिडर एसी मिलानलाई ५ अंकको अग्रता, नापोली तेस्रो स्थानमा

२२ मंसिर, काठमाडौं । लिग लिडर एसी मिलानले सिरी ए मा ५ अंकको अग्रता बनाएको छ । गएराति भएको खेलमा साम्पडवरियालाई उसैको मैदानमा २-१ ले पराजित गर्दै एसी मिलानले दोस्रो स्थानको इन्टरसँग ५ अंकको दूरी कायम गरेको हो ।

पहिलो हाफको इन्जुरी टाइममा फ्रांक केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । भिएआर रेफ्रीको सहयोगमा पाएको प्रेनाल्टीमा उनले सहजै गोल गरे । ७७औं मिनेटमा सामुएल कास्टिलेजोले गोल गर्दै मिलानको अग्रता दोब्बर रे ।

साम्पडवरियाका लागि घरेलु मैदानमा अल्बिन एकदालले ८२औं मिनेटमा एक गोल फर्काए ।

जितपछि १० खेलबाट २६ अंक जोड्दै मिलान शीर्ष स्थानमा आसिन छ । सन् २००३-४ को सिजनपछि एसी मिलानले सिरी ए को सुरुवाती १० खेलमा अपराजित यात्रा कायम राखेको हो ।

समान खेलबाट २१ अंकसहित इन्टर दोस्रो स्थानमा छ । साम्पडोरिया १० खेलबाट ११ अंकसहित १२औं स्थानमा छ ।

लिगकै अर्को खेलमा क्रोटोनलाई ४-० ले पराजित गर्दै नापोली तेस्रो स्थानमा उक्लेको छ । पहिलो हाफमा एक गोल गरेको नापोलीले खेलको दोस्रो हाफमा क्रोटोन दश खेलाडीमा झरेपछि तीन गोल थपेको थियो ।

३१औं मिनटमा लरेन्जो इनसिग्नेले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा जाकोपो पेट्रिसिओनीले रातो कार्ड पाएपछिले रातो कार्ड पाएपछि क्रोटोन दश खेलाडीमा समेटियो ।

त्यसैको फाइदामा नापोलीले उठायो । ५८औं मिनेटमा हिर्भिङ लोजानोले नापोलीको अग्रता दोब्बर पारे । ७६औं मिनेटमा डिएगो डेमेले नापोलीका लागि तेस्रो तथा इन्जुरी टाइममा आन्द्रे पेटाग्नाले चौथो गोल गरे ।

जितपछि १० खेलबाट युभेन्ट्स समान २० अंक जो८पनि नापोली गोलअन्तरमा अघि रहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment