Comments Add Comment

बाँकेमा दुई जना कोरोना संक्रमितको मृत्यु

२२ मंसिर, काठमाडौं । बाँकेमा बर्दिया र कैलालीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका सूचना स्रोत व्यक्ति तेज वलीका अनुसार बर्दियाको गेरुवा गाउँपालिका-५ का ७२ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा र कञ्चनपुरको शुक्लाफाँटा-४ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दियाका ७२ वर्षीय पुरुषको आइतबार राति १:११ बजे मृत्यु भएको हो । मंसिर १३ गते सेती अस्पतालमा कोरोना परीक्षण गराएको उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यस्तै कञ्चनपुरका ७३ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार बिहान १:४५ बजे मृत्यु भएको हो । मंसिर १२ गते सेती अस्पतालमा स्वाब परीक्षण गराएका उनको त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । स्वास्थ्यमा थप समस्या देखिए पछि मंसिर १५ गते उनलाई नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment