Comments Add Comment

विश्वका शीर्ष १० हतियार बिक्रेतामा तीन चिनियाँ कम्पनी

Photo Credit : Xinhua

२३ मंसिर, काठमाडौं । सैन्य हतियार निर्माण तथा बिक्रीको आधारमा शीर्ष १० कम्पनीमा तीन चिनियाँ कम्पनी अटाउन सफल भएका छन् । शीर्ष १० मा ६ ओटा अमेरिकी कम्पनीहरु छन् । स्वीडेनको सुरक्षा थिङ्कट्यांक स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री)को सन् २०९१९ मा भएको हतियार व्यापारको प्रतिवेदनअनुसार शीर्ष १० कम्पनीहरुमा एउटा बेलायती कम्पनी पनि छ । उक्त थिङ्कट्यांकले सार्वजनिक गरेको २५ कम्पनीहरुमा भने चारओटा चिनियाँ कम्पनी परेका छन् । चौथो चिनियाँ कम्पनी भने २४ औं स्थानमा छ ।

पछिल्लो समय चिनियाँ सेना आफ्नो आधुनिकीकरणमा लागेको छ । साथै उसले पाकिस्तान, बंगलादेश र अल्जेरियाजस्ता मुलुकमा आफ्नो हतियार निर्यात बढाएको छ ।

चार चिनियाँ कम्पनीको संयुक्त आम्दानी सन् २०१८ र २०१९ मा चार दशमलव ८ प्रतिशतले बढेको छ । पहिलोपटक सिप्रीले आफ्नो वार्षिक प्रतिवेदनमा चिनियाँ कम्पनीहरुलाई समावेश गरेको हो । यसअघि उसले विश्वसनीय डेटाको अभाव रहेको भन्दै चिनियाँ कम्पनीलाई यो सूचीमा राखेको थिएन । यद्यपि विश्वको सैन्य हतियारको व्यापारमा अझै पनि अमेरिकी कम्पनीकै हिस्सा सबैभन्दा धेरै छ । गत वर्ष विश्वका २५ हतियार निर्माता कम्पनीको व्यापारमा अमेरिकाको हिस्सा ६१ प्रतिशत थियो । दोस्रो स्थानमा रहेको चीनको हिस्सा १६ प्रतिशत छ । युरोपेली संघको हिस्सा १८ प्रतिशत छ भने रुसी कम्पनीको हिस्सा चार प्रतिशत छ ।

स्रोत : साउथ चाइना मर्निङ पोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment