+
+

८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २३ गते १६:२७

२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १६२१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६८६ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४१२, ललितपुरमा ११३, कास्कीमा ९७, सुनसरीमा ७५, भक्तपुर र चितवनमा ६९, कैलालीमा ६२, मोरङमा ५५, रुपन्देहीमा ५१, बाँकेमा ३६, कञ्चनपुरमा २८ र झापामा २५ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै नवलपरासी पूर्वमा २४, सिन्धुपाल्चोक र धादिङमा १८/१८, दाङ र पाल्पामा १५/१५, गुल्मी र बर्दियामा १४/१४, बाग्लुङमा ११, दोलखामा १०, संखुवासभा, सप्तरी र सिन्धुपाल्चोकमा ९/९, तनहुँ र बझाङमा ८/८, लमजुङ, स्याङ्जा र अछाममा ७÷७, इलाम, सिराहा, मकवानपुर, गोरखा र नवलपरासीमा ६/६ जना संक्रमित भेटिएका छन् ।

धनुषामा ५, रामेछाप, अर्घाखाँची र डडेल्धुरामा ४/४, सोलुखुम्बु, रुकुम पश्चिम र बैतडीमा ३/३, उदयपुर, ओखलढुंगा, रौतहट, सर्लाही, रसुवा, पर्वत, सुर्खेत र बाजुरामा २/२, र धनकुटा, भोजपुर, पर्सा, नुवाकोट, कपिलवस्तु, प्युठान, रोल्पा, कालीकोट, सल्यान, हुम्ला र डोटीमा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?