Comments Add Comment

पार्थिव पटेलले गरे सबै खाले क्रिकेटबाट सन्यासको घोषणा

२४ मंसिर, काठमाडौं । विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले १८ वर्षे क्रिकेट करियरलाई टुङ्ग्याउँदै क्रिकेटका सबै खाले फर्म्याटबाट सन्यास लिएका छन् । ३५ वर्षीय पार्थिवले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लामो सन्देश राख्दै सन्यासको घोषणा गरेका हुन् ।

पार्थिवले भारतका लागि २५ टेष्ट, ३८ अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट र र २ टी- २० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । यस्तै घरेलु क्रिकेटमा उनले गुजरातका लागि १९४ फस्ट क्लास क्रिकेट खेलेका छन् ।

पार्थिव सन् २००२ मा १७ वर्ष १५३ दिनको उमेरमै भारतको टेष्ट टिममा परेका थिए । उनले राम्रो सुरुवात गरेपनि दिनेश कार्तिक र महेन्द्र सिंह धोनी जस्ता विकेटकिपरको आगमनपछि पार्थिवले टेष्ट टिममा स्थान पाउन छाडे ।

उनले सन् २००४ मा अहमदावादमा पहिलो रणजी ट्रफी खेल्नु दुई वर्षअघि नै भारतको राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

पार्थिव २०२० को इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोर टिममा समावेश थिए तर उनले कुनै खेल भने खेल्न पाएनन् ।

हेर्नुहोस उनको भनाइ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment