+

गौतम बुद्धकप खेल्ने तीन टिमको घोषणा

२०७७ मंसिर  २४ गते १९:०७ २०७७ मंसिर २४ गते १९:०७
गौतम बुद्धकप खेल्ने तीन टिमको घोषणा

२४ मंसिर, काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा यही मंसिर २७ गतेदेखि चितवनमा आयोजना हुने गौतम बुद्ध कप क्रिकेटको लागि तीन टोलीको घोषणा भएको छ ।

आयोजकले बुधबार बागमती, राप्ती र नारायणी नामको तीन टोलीको घोषणा गरेको हो । राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले बागमतीको कप्तानी गर्नेछन् भने अलराउण्डर पारस खडकाले नारायणी टिमको कप्तानी गर्नेछन् । यस्तै विनोद भण्डारीले भेरीको कप्तानी गर्नेछन् ।

तीनवटै टिममा समान १४ खेलाडी रहेका छन् । राष्ट्रिय टिमका सदस्य युवा लेग स्पीनर सन्दीप लामिछाने भने बिग बास लिग बीबीएल खेल्न अस्ट्रेलिया जाने भएकोले गौतमबुद्ध कप खेल्ने छैनन् । उनी अर्को साता अस्ट्रेलिया जाँदैछन् । बिग लिगको १०औं संस्करण भने बिहीबारदेखि सुरु हुँदैछ ।

गौतम बुद्ध कपको उद्घाटन खेलमा मंसिर २७ गते बागतमती र नारायणीबीच खेल हुनेछ । यस्तै मंसिर २८ गते बागतमती र राप्ती तथा मंसिर २९ गते राप्ती र नारायणीबीच खेल हुनेछ ।

लिग चरणपछि शीर्ष दुई टोलीले मंसिर ३० गते फाइनल खेल्नेछन् ।

चितवन जिल्ला क्रिकेट संघको सहआयोजना रहने प्रतियोगितालाई बागमति प्रदेश खेलकुद परिषद र भरतपुल महानगरपालिकाले आर्थिक सहयोग गर्नेछ ।

प्रतियोगिता खेल्ने टिम र खेलाडीहरुको सूची :

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय