Comments Add Comment

कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु

२४ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको छ ।

कास्कीका ४, ललितपुरका ३, सिराहा, सर्लाही, काठमाडौं, नुवाकोट, अर्घाखाँची र रुपन्देहीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

  • लाहान नगरपालिका-२४, सिराहाकी ६१ वर्षीया महिलाको विराटनगरको नोबेल अस्पतालमा मंसिर २२ गते राति मृत्यु भएको छ । बिरामी भएपछि मंसिर २१ गते अस्पताल भर्ना भएकी उनमा त्यही दिन संक्रमण पुष्टि भएको थियो ।
  • ईश्वरपुर नगरपालिका-१२, सर्लाहीका ७४ वर्षीय पुरुषको बीरगञ्जको बाबा होटलको आइसोलेसनमा मंसिर २० गते मृत्यु भएको छ । उनलाई मंसिर १८ गते संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राखिएको थियो ।
  • ललितपुरका ६२ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर २१ गते अस्पताल भर्ना  भएका उनमा २२ गते संक्रमण पुष्टि भएको थियो । उनमा उच्च रक्तचापको समस्या पनि थियो ।
  • ललितपुरका ३७ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । मंसिर ८ गते अस्पताल भर्ना  भएका उनमा मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो ।
  • ललितपुरका ८० वर्षका पुरुषको मंसिर २० गते मृत्यु भएको छ । कात्तिक ३० गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ८५ वर्षका पुरुषको मंसिर २३ गते मृत्यु भएको छ । मंसिर ५ गते अस्पताल भर्ना भएका उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा मिर्गौला र थाइराइडको समस्या थियो ।
  • नुवाकोटका ६५ वर्षका पुरुषको मंसिर २४ गते मृत्यु भएको छ । निमोनिया र स्वासप्रश्वासमा समस्या देखिएका उनी मंसिर १२ गते अस्पताल भर्ना भएका र सोही दिन संक्रमण पुष्टि भएको हो ।
  • पोखरा महानगरपालिका–१४, कास्कीका ७४ वर्षीय पुरूषको मंगलबार बिहान ७ :२५ बजे  गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा मंसिर १७ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१५, कास्कीका ६७ वर्षीय पुरूषको बुधबार बिहान ४ :२० बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनमा मंसिर २१ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१६, कास्कीकी ५९ वर्षीया महिलाको फिस्टेल अस्पतालमा बुधबार बिहान ५ :२० बजे मृत्यु भएको छ । उनमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका–१३, कास्कीका ७७ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार बिहान १: १५ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • भूमिकास्थान नगरपालिका-४, अर्घाखाँचीका ४० वर्षका पुरुषको मंगलबार राति उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ । ज्वरो आउने र स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनमा मंसिर १७ गते संक्रमण पुष्टि भएको थियो ।
  • सैनामैना नगरपालिका, रुपन्देहीका ७३ वर्षीय पुरुषको भैरहवाको भीम अस्पतालमा मृत्यु भएको छ । मंसिर २० गते कोरोना संक्रमण पुष्टि भएका उनी २२ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मंगलबार राति ११ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment