Comments Add Comment

श्रीमतीमाथि एसिड फ्याँक्नेविरुद्ध तीन मुद्दा दर्ता

फाइल तस्वीर

२४ मंसीर, जनकपुरधाम । गत कात्तिक २९ गते आफ्नै श्रीमतीमाथि एसिड प्रहार गर्ने श्रीमानविरुद्व बुधबार अदालतमा मुद्दा दायर गरिएको छ ।

श्रीमती आरती साहमाथि एसिड फ्याँक्ने जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठाका सञ्जिव साहविरुद्व धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । सञ्जिवसहित उनलाई एसिड बेच्ने नागेन्द्र साहविरुद्व पनि मुद्दा दायर गरिएको जिल्ला न्यायाधिवक्ता सीताराम अर्यालले जानकारी दिए ।

सञ्जिव र नागेन्द्रविरुद्व अङ्गभङ्ग, कुरुप र एकीकृत कसुर गरी ३ वटा शीर्षकमा मुद्दा दायर गरिएको छ । यो तीन वटै मुद्दामा दुवैलाई १५ वर्ष ६ महिनाको कैद माग गरिएको अर्यालले बताए ।

उनका अनुसार अङ्गभङ्गमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकीकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको छ ।

आरतीको शरीरमा एसिड फ्याँकेर भागेका सञ्जिवलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो । उनको बयानको आधारमा एसिड बेच्ने नागेन्द्रलाई एक सातापछि पक्राउ गरिएको थियो ।

२१ वर्षीया आरतीलाई उनकै पति २४ वर्षीय सञ्जिबले गत कात्तिक २९ गते बिहान ८ बजेर ३० मिनेटमा एसिड प्रहार गर्दा उनको शरीरको झण्डै आधा भाग जलेको छ । सञ्जिवले पत्नीसहित ३ वर्षीया छोरी रियाको शरीरमा पनि एसिड फ्यालेका थिए । रियाको हात र टाउकोमा एसिड झरेपनि उनको अवस्था सामान्य छ ।

यो पनि पढ्नुहोस धनुषामा आमाछोरीमाथि एसिड प्रहार

एसिड प्रहारपछि तत्कालै आमा छोरीलाई जानकी हेल्थ केयरमा उपचारका लागि भर्ना गरेपनि आरतीको अवस्था गम्भीर देखिएपछि कीर्तिपुर अस्पताल रेफर गरिएको छ । अहिले उनको त्यहीं उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment