+

च्याम्पियन्स लिग : बायर्न अपराजित, एट्लेटिको समूह उपविजेता

२०७७ मंसिर  २५ गते ८:०२ २०७७ मंसिर २५ गते ८:०२
च्याम्पियन्स लिग : बायर्न अपराजित, एट्लेटिको समूह उपविजेता

२५ मंसिर, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग अन्तर्गत समूह चरणमा अपराजित रहेको छ । यसअघि नै अन्तिम १६ मा स्थान पक्का गरिसकेको बायर्नले अन्तिम खेलमा लोकोमोतिभ मस्कोलाई २-० ले हरायो ।

घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि निक्लस लेले ६३औं र एरिक म्याक्सिम चपो मोटिङले ८०औं मिनेटमा गोल गरे ।

जितपछि बायर्नले ५ जित र एक बराबरीसहित १६ अंक जोडेर समूह विजेता बन्यो ।

यस्तै अन्तिम खेलमा साल्जवर्गलाई २-० ले पराजित गर्दै स्पानिस क्लब एट्लेटिको मड्रिड समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । साल्जवर्गलाई उसैको मैदानमा पराजित गर्न एट्लेटिकोका लागि ३९औं मिनेटमा मारियो हर्मोसो र ८६औं मिनेटमा यानिक कारास्कोले गोल गरे ।

जितपछि ६ खेलबाट ९ अंक जोड्दै एट्लेटिको दोस्रो भयो । समान खेलबाट ४ अंक मात्र जोडेको साल्जवर्ग तेसरो स्थानमा रहेर बाहिरियो ।

च्याम्पियन्स लिग बायर्न म्युनिख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय