+
+
Shares

कैलालीमा थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १२:२७

२५ मंसिर, कैलाली । कैलालीमा थप एकजना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।

अस्थायी कोरोना अस्पतालमा उपचाररत धनगढी २ का ६५ वर्षीय पुरुषको मृत्यु भएको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

मंसिर १८ गते अस्पतालमा भर्ना भएका पुरुषमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो । भेन्टिलेटरमा राखेर उपचार उपचाररत उनको बुधबार राति मृत्यु भएको हो ।

हालसम्म सेती प्रादेशिक अस्पतालमा २३ जना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?