
२५ मंसिर, काठमाडौं । महोत्तरीको मनरसिसवा नगरपालिका-९ स्थित बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघ तथा एपीएफ अस्पतालको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरको उद्घाटन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले एक कार्यक्रमका बीच गरेका थिए । सो क्रममा पौडेलले दुरदराजका गाउँमा सशस्त्र प्रहरीले शान्ति सुरक्षाका साथै स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि सेवा पुर्याउँदै आएको बताए ।
नगरपालिकाका मेयर संजयकुमार सिंहले कोभिडको महामारी र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले जनतालाई एउटा साथीको रुपमा विश्वास दिलाउँदै सीमा सुरक्षा जस्तो अति संवेदनशील विषयमा चनाखो भइ सेवा दिइरहेको बताए ।
कार्यक्रममा डा. रोशनकुमार झाले स्वास्थ्य शिविरले दुर्गमका जनताले प्रत्यक्ष लाभ लिन सकिने बताएका थिए ।
शिविरमा १६३ जना महिला र १४१ जना पुरुष गरी जम्मा ३०४ जनाले स्वास्थ्य सम्बन्धी सेवा लिएका थिए ।
सोही कार्यक्रममा बथनाहा प्राथमिक स्वास्थ्य केन्द्रलाई सशस्त्र प्रहरीले स्वास्थ्य सामग्री समेत उक्त वडाका वडाध्यक्ष बलिराम रायलाई हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा जिल्ला स्थित सुरक्षा कार्यालयका प्रमुख, नगरपालिका मेयर, प्रमुख जिल्ला अधिकारी तथा सर्वसाधारण समेत को उपस्थित रहेको थियो ।
प्रतिक्रिया 4