+
+
Shares

काठमाडौंमा दिल्लीका अर्का पाहुना, भाजपा विदेश विभाग प्रमुखले भेटे प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २५ गते १९:००
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेकपा महासिचव तथा अर्थमन्त्री विष्णु पौडेल ।

२५ मंसिर, काठमाढौं । भारतीय विदेश सचिव नेपालको भ्रमण सम्पन्न गरेर फर्केको दुई हप्ता बित्न नपाउँदै भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् ।

उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटका बारेमा जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दुई देशको बीचमा जनस्तरमा रहेको सम्बन्धलाई सुदढ बनाउने विषयमा कुराकानी भएको अनलाइनखबरलाई बताए ।

उनी नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा नेपाल आएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?