२५ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको तलब बढेको छ । अब महिला र पुरुषले समान तलब पाउने भएका छन् । अब महिला र पुरुष राष्ट्रिय खेलाडीले समान १८ हजारका दरले तलब पाउनेछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब वृद्धि गर्दै मासिक १८ हजारका दरले दिने निर्णय गरेको एन्फा स्रोतले जनाएको छ ।
लामो समयदेखि खेलाडीको तलब बढ्न सकेको थिएन । यस्तै पुरुषको तुलनामा महिलाको आधाभन्दा कम भएकोले पनि यस विषयमा आवाज उठिरहेको थियो ।
यसअघि पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले मासिर ७ हजारका दरले पाउ आएका थिए ।
एन्फा कार्यसमितिको बैठकले ए डिभिजन लिग, राष्ट्रिय टिमको प्रशिक्षण र मैत्रीपूर्ण खेल, राष्ट्रिय टिमको प्रशिक्षकलगायत अन्य विभिन्न विषयमा पनि निर्णय गर्दैछ ।
कार्यसमिति बैठक अझै सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बसिरहेको छ ।
प्रतिक्रिया 4