Comments Add Comment

च्याम्पियन्स लिग : समूह चरणमा के-के भए ?

२५ मंसिर काठमाडौं । नाटकिय केही दिनपछि च्याम्पियन्स लिग समूह चरणको खेलहरु सकिए । स्पेनिस जायन्ट रियल मड्रिड नकआउट चरणमा पुग्दा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड समूह चरणबाटै बाहिरियो ।

समूह चरणको खेलमा दे देखियो ? कुन टिम बलियो देखियो, कुन देखिएन ?

एउटै समूहमा दुई ठूला टिम ! सोचे जस्तो रमाइलो भएन

बार्सिलोना र युभेन्टस एकै समूहमा पर्दा धेरै फुटबल फ्यान उत्साहित थिए । यसलाई लिओनेल मेस्सी भर्सेस  क्रिस्टियानो रोनाल्डो पनि भनिएको थियो ।

तर यथार्थ के थियो भने समूह चरणका १२ मध्ये दुई खेल मात्र महत्वपूर्ण थियो । बाँकी खेलमा बार्सिलोना वा युभेन्ट्सले डिनामो किभ र फेरेन्सिभारोसलाई सहजै हराए ।

दुवै टोली दुई खेलअघि नै अन्तिम १६ मा पुगेको थिए र केही खेलाडीलाई आराम पनि दिए ।

अझ नराम्रो के भयो भने रोनाल्डोले बार्सिलोनाविरुद्ध पहिलो खेल खेलेनन् । क्याम्प नाउमा भएको दोस्रो लेगमा भने रोनाल्डोले पेनाल्टीमा दुई गोल गरे ।

 बायर्न म्युनिखलाई हराउन गाह्रो

बायर्नले गत सिजन प्रत्येक खेल जित्दै च्याम्पियन्स लिग उपाधि जितेको थियो । यस सिजन पनि जर्मन जायन्टले त्यो लय कायम राख्दै सुरुवाती चार खेल जित्यो ।

पाँचौ खेलमा एट्लेटिको मड्रिडसँग बराबरी खेल्दा बायर्नको १५ खेलको जित यात्रा टुङ्गियो । बायर्नले उक्त खेलमा केही स्टार खेलाडीलाई आराम दिएको थियो ।

६ खेलमा बायर्नले १८ गोल गर्‍यो । अझ त्यसमा पनि स्टार रोवर्टो लेवान्डोस्कीले राम्रो खेलेका छैनन् ।

हालान्ड, एक सिजनका  होइनन्

रेडबुल साल्जवर्गका लागि समूह चरणमा ८ गोल गर्दै एर्ली हालान्ड गत सिजन च्याम्पियन्स लिगमा छाएका थिए । उनले जर्मन क्लब बोरुसिया डर्टमण्डका लागि अन्तिम १६ को खेलमा थप दुई गोल गरे । चोट लाग्नुअघि सम्म डर्टमण्डका लागि ४ खेलमा अर्को ६ गोल गरे ।

२० वर्षीय नर्वेली स्टारले यस सिजन म्यानचेष्टर युनाइटेडका मार्कुस रासफोर्ड युभेन्ट्सका अल्भारो मोराटा र पेरिस सेन्ट जर्मेनका नेमारसँगै संयुक्त रुपमा सर्वाधिक ६ गोल गरेका छन् ।

गत सिजन हालान्डसहित ३ खेलाडीमाले मात्र प्रतियोगिताभर ६ भन्दा बढी गोल गरेका थिए । गत सिजन अघि दुई खेलाडीले मात्र यसो गरेका थिए ।

हालान्डले ७ खेलमै च्याम्पियन्स लिगमा १० गोल गरे । यस्तै १५ खेलमा १५औं र १६औं गोल गरे । दुवै कीर्तिमान थियो ।

यसअघि रुडभान निस्टोरलय र रोवर्टो सोल्डाडोले १९ खेलमा १५ गोल गरेका थिए ।

रियल मड्रिड र बार्सिलोना हविगत 

रियल मड्रिडले पाँच वर्षमा चार पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो र लगातार आठ वर्ष कम्तिमा  पनि सेमिफाइनल पुगेको थियो ।

तर अघिल्ला दुई सिजनमा रियल अन्तिम १६ मै पराजित भयो । यस वर्ष बोरुसिया मोन्चेङ्लाबाख, शाख्तर डोनेस्क र इन्टर मिलान रहेको समूहमा रियल मड्रिडले संघर्ष गर्नुपर्‍यो । यदी इन्टरले मोन्चेङ्लाबाखलाई नहराएको भए भने उनीहरूको भाग्य पाँच खेलपछि आफ्नै हातबाट छुट्न सक्थ्यो ।

करिम बेन्जामाले दुई गोल गरेपछि मोन्चेङ्लाबाखलाई हराउ रियल समूह विजेता बन्यो ।

ला लिगामा रेलिगेसन जोनबाट ३ अंकले मात्र सुरक्षित रहेको बार्सिलोनाले सन् २००७ पछि च्याम्पियन्स लिगमा समूह विजेता बन्न असफल भयो । मगलबार युभेन्ट्ससँग ३-० ले पराजित भएपछि बार्सिलोना समूहमा दोस्रो भएको हो ।

युनाइटेडको पतनले इंग्ल्याण्ड क्लिन स्वीपमा चुक्यो

म्यानचेष्टर सिटी, लिभरपुल र चेल्सी अन्तिम १६ मा प्रवेश गर्दा म्यानचेष्टर युनाइटेड पनि नकआउट पुग्ने सम्भावना कायमै थियो । ओले गनर सोल्सायरको टिमलाई समूहको अन्तिम दुई खेलबाट एक अंक मात्र जोडे हुन्थ्यो ।

तर त्यसो गर्न असफल भयो । पेरिस सेन्ट जर्मन र आरबी लाइपजिगसँग लगातार दुई हारपछि म्यानचेष्टर युनाइटेड समूहको शीर्ष दुईमा अटाउन सकेन ।

युनाइटेड बाहिरिएपछि पछिल्लो तीन वर्षयता इंग्ल्याण्डको ४ वा  ५ टिम नकआउट चरणमा पुग्न असफल भयो । प्रिमियर खेल्ने टोलीमध्ये पछिल्लो पटक सन् २०१६/१७  टोटनहम समूह चरणबाटै बाहिरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment