Comments Add Comment

‘इजरायल र मोरक्को पूर्णराजनीतिक सम्बन्ध स्थापनाका लागि तयार’

२६ मंसिर, काठमाडौं । इजरायल र मोरक्को पूर्णराजनीतिक सम्बन्ध स्थापनाका लागि तयार भएको अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र मोरक्को पूर्ण राजनीतिक सम्बन्ध स्थापनाका गर्न तयार रहेको जानकारी दिएका हुन् ।

मोरक्को गएको अगष्ट महिना इजरायलसँगै सम्झौता गर्ने चौथो देश हो । यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन र सुडानले इजरायलसँग सम्झौता गरिसकेका छन् ।

राष्ट्रपति ट्रम्पले ट्विट गर्दै आज एक अर्को ऐतिहासिक दिन भएको बताएका छन् । मध्य पूर्वमा शान्ति स्थापनाका लागि यो एउटा ठूलो कदम भएको ट्रम्पको भनाइ छ ।

यसैगरी ह्वाइट हाउसले भनेको छ, ‘ट्रम्प र मोरक्कोका राजा मोहम्मद छैटौं यो कुरामा सहमत भएका छन् कि मोरक्कोले इजरायलसँग राजनीतिक सम्बन्ध स्थापना गर्ने छ र क्षेत्रीय स्थीरतालाई अघि बढाउनका लागि आर्थिक र साँस्कृतिक सहयोग विस्तार गर्ने छ ।’

यस सम्झौताअनुसार अमेरिकाले विवादित पश्चिमी सहारा क्षेत्रमा मोरक्कोको दाबीलाई मान्यता दिएको बीबीसीले जनाएको छ । यो मोरक्को र अल्जेरिया समर्थित पोलिसारियो फ्रन्टबीचको विवादित क्षेत्र हो, जसले एक स्वतन्त्र राज्य स्थापनाको माग गर्दै आएको छ ।

मोरक्को र इजरायलबीचको पछिल्लो सम्झौताअनुसार अब सन् २००२ देखि बन्द गरिएको तेलअविव र रबातमा सम्पर्क कार्यालय खुल्ने छन् । त्यसपछि दूतावासहरु पनि खोलिने छ । यस्तै मोरक्को–इजरायल सीधा हवाई उडान पनि सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment