+
+

बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

रासस रासस
२०७७ मंसिर २६ गते १२:१५

२६ मङ्सिर, बझाङ । बझाङ वित्थडचिर गाउँपालिका-९ सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । चैनपुरबाट महेन्द्रनगर जाँदै गरेको ना६ख १७९५ नंको बसले ठक्कर दिँदा दुई वर्षीया बालिका दीपिका विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

चालक दीपक बोहोरा र बसलाई स्याडी प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?