Comments Add Comment

५२४२ नमुना परीक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टि

२७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ३४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् भने १६८९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment