Comments Add Comment

नाफिजको अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित

२७ मंसिर, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।

महासभाले नाफिजको नयाँ अध्यक्षमा मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । यस्तै भुवन आचार्य र  मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन् ।

महासचिवमा नारायण पौडेल तथा सचिवमा रोयल आचार्य निर्वाचित भए । नाफिजका नयाँ सह–सचिव महमल अजमत अली र परमेश्वर अधिकारी कोषाध्यक्ष बने ।

महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा प्रजिता बुढाथोकी, फणिन्द्र दाहाल, रोविन पौडेल, नवीन ढुंगाना र दीपक भट्ट छन् ।

यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकलेगोपालचन्द्र सुवेदी र दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बने ।

महासभाको उद्घाटन सत्रमा नाफिजले आर्थिक पत्रकार द्वय लभेष प्याकुरेल र विकास थापालाई सम्मान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment